सडक आफैंमा जोखिमयुक्त क्षेत्र भएकाले त्यहाँ दिनभर उभिएर सवारीसाधन बीच काम गर्नु असुरक्षित हुने नै भयो, प्रविधिको प्रयोग बढाए यो समस्या न्युनीकरण हुँदै जान्छ

आजको २१ औं शताब्दी सुहाउंदो प्रविधिहरू (ट्राफिक बत्ती, सिसिटिभी, राडार गन, स्मार्ट कार्ड रिडर, कम्प्युटर, ड्रोनआदि) को समेत अधिकतम उपयोग गर्दै, वैज्ञानिक उपायहरू पत्ता लगाई समयसापेक्ष दीर्घकालीन प्रविधिमैत्रीयोजनाहरू बनाई लागु गर्नु पर्ने हो । प्रया मुलुकमा यदि गल्ती गरिहालेमा वा सडक अनुशासन उल्लंघन गरेमा उनकोगाडी दोबाटोमा रोकेर झगडा गर्दै चलाक ट्राफिकको झगडा पर्ला झै गरेर मोलमोलाई गरिंदैन बरु, उनी पुग्नुअघि नैघरमा चिठी पुग्छ, कारवाहीको खासगरी सडक अनुशासन उल्लंघन गर्नेलाई जरिवाना तिर्न भनिएको हुन्छ यदि सहीसमयमा जरिवाना तिरिएन भने त्यो जरिवाना थपिंदै जान्छ

त्यसो भए के हाम्रो देशमा यो सम्भव छैन ??

आज हामीले कसरी सडकलाई प्रविधिमैत्री बनाउने भनेर छलफल गर्नेबेला अनावश्यक छलफलमा अल्झिएका छौं ट्राफिक प्रहरीको संख्या बढाउँदा व्यवस्थापन राम्रो हुन्छ भन्ने सोंच आफैंमा भुत्ते हो । बरु प्रविधिबाट कसरी समग्रसडकलाई व्यवस्थापन गर्ने भन्ने कुरामा हामी केन्द्रित हुनुपर्छ

यातायात निगरानीका लागि सीसीटीभी क्यामेरा राखौं गाडी पहिचानका लागि सेन्सर राखौं , यी सबै संयन्त्रव्यवस्थापनका लागि एउटा कन्ट्रोल रुम राखौं त्यही कन्ट्रोल रुममा बसेर ट्राफिक प्रहरीले सडकमा के कसो भइरहेको ? सबैकुरा व्यवस्थापन गर्न सकिन्छ

बाटोबाटोमा गाडी रोक्ने, चिट काट्ने, कारबाही गर्ने पद्धति भुत्ते भइसकेको सडक अनुशासन पालना गराउनप्रविधिको प्रयोग गर्न सकिन्छ त्यस्तै सडकमा स्पष्ट सूचना संकेतहरु हुन जरुरी जस्तो, अगाडि बाटोमा के ? कता मोडिन्छ ? बाटोको अवस्था के ? कहाँ कति गतिमा गाडी कुदाउने ? कहाँ रोक्ने ? कहाँ सावधानी अपनाउने ? यीकुरा सडकमा स्पष्टसँग सूचित गर्नुपर्छ त्यही सूचनालाई आधार मानेर चालकले गाडीलाई सही ढंगले कुदाउन सक्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय