काठमाडौं बौद्ध मन्दिरमा धर्मावलम्बीले दिने दान आफ्नो अकाउन्टमा आउने बनाएको आरोपमा चीनमा एक विद्यार्थीपक्राउ परेका छन् चीनको प्रतिष्ठित विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर तह पूरा गरेका ती विद्यार्थीले क्यूआरकोड साटेको भिडिओ बाहिरिएपछि पक्राउ परेका हुन्

चिनियाँ सञ्चारमाध्यमका अनुसार ती विद्यार्थी विभिन्न मन्दिरमा पुग्थे , त्यहाँ भएका क्यूआर कोडको ठाउँमा आफ्नोक्यूआर कोड राखिदिन्थे यसरी क्यूआर कोड बदलिदिंदा धर्मावलम्बीले चढाउने भेटी ती व्यक्तिको बैंक खातामापुग्थ्यो

हालसम्म ती व्यक्तिले ४२०० डलर (करिब पाँच लाख ६२ हजार रुपैयाँ) चोरी गरेको बताइएको

यस वर्ष उनले शान्क्षी, सिचुवान चोङकिङ राज्यका मन्दिरमा क्यूआर कोड परिवर्तन गरेको देखिएको बओजीसहरको फ्यामेन मन्दिरमा एक व्यक्तिले दान पेटिकाको क्यूआर कोडमा आफ्नो क्यूआर कोड राख्न लागेको फुटेजबाहिरिएपछि उक्त घटना बाहिर आएको

प्रहरीले सार्वजनिक गरेको भिडिओमा ती व्यक्तिले कसरी मन्दिरको क्यूआर कोड साटफेर गर्थे भन्ने देखाएको पक्राउ परिसकेपछि ती व्यक्तिले आफूले कसरी रकम आफ्नो खातामा आउने बनाएका थिए भन्ने खुलाएका छन्

पक्राउ परेपछि ती व्यक्तिले सबै रकम फिर्ता गरिसकेको बताइएको

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय