
काठमाडौँ– नेपाल बैंक लिमिटेड र नेपाल प्रहरीको कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौताभएको छ।
सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याणमहाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका छन्।

सम्झौताबमोजिम नेपाल प्रहरीअन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियतसहितकोविभिन्न सुविधा रहने तलबी खाता खोली बैंक नियमानुसार बिनाधितो कर्जा तथा अन्य बैकिङ सुविधा पाउन छन्।



