
काठमाडौं। ६ किलो लागुऔषध कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन्।

लागु औषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार मध्यराति १बजे लाटभियन नागरिकलाई पक्राउ गरेको हो।
फ्रान्सबाट आएका ती नागरिक कतारबाट कतार एयरलाइन्समा काठमाडौं अवतरण गरेका थिए।
स्रोतका अनुसार उनले साना खेलौना ‘टेडी बियर‘ भित्र ६ किलो २४ ग्राम कोकिन ल्याएका हुन्। उनले उक्त कोकिनकहाँ लग्न लागेका थिए भन्ने खुलिसकेको छैन।
उक्त कोकिन अवैध बजारमा झन्डै २१ करोड हुनआउने प्रहरीले जनाएको छ।
यसबारे ब्युरोले बिहीबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ।



