हेटौंडा हेटौंडामा कार्यालय खोलेर अनलाइन ठगी गर्ने जनालाई प्रहरीले पक्राउ गरेको

हेटौंडामा मेडी असिस्ट कम्पनीको कार्यालय स्थापना गरी अनलाइन ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमकवानपुर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत पटना थाना आलमगन्जका ५७ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरूख खान, विहारका २९ वर्षीय कुन्दन कुमार उत्तराखण्डको नैनितालका २६ वर्षीय आशिष कब्डौला रहेका छन्

त्यस्तै, राँची, झारखण्डका ३४ वर्षीय विशाल कक्कड, कुमार दुवे, विकासकुमार सिंह नांगलोड वेस्टी देल्हीका अरुणकुमार, वैशाली गाजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मालाई प्रहरीले पक्राउ गरेको हो

उनीहरुले हेटौंडा उपमहानगरपालिका पारिजात पथमा मेडी असिस्ट कम्पनीको कार्यालय स्थापना गरेर अवैध कार्यगर्ने गरेका थिए

मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका पारिजातपथस्थित प्रमोद वाग्लेको घरको फ्ल्याट भाडामा लिएरअनलाइन ठगी धन्दा चलाइरहेको सूचनाको आधारमा छापा मारेको थियो

उनीहरुले हेटौंडा उपमहानगरपालिकामा मेडी असिस्ट कम्पनी दर्ता गरी मानव स्वास्थ्यसम्बन्धी अन्य सेवा प्रदान गर्ने गरीराजस्व कार्यालयमा प्यानमा दर्ता गरेका थिए

१२ भारतीय नागरिक मिलेर उक्त कम्पन्न खोलेका थिए तीन जना अझै फरार रहेको प्रहरीले जनाएको उनीहरुलेभारतको राँचीस्थित हेड अफिसमा मेन सर्भर राखी काम गर्ने गरेको प्रहरीले बताएको

कम्पनीबाट हुने गरेका कुनै पनि कामकारबाहीको डाटा नेपालमा नराखी भारतस्थित हेड अफिसको सर्भरमा राख्नेगरेको प्रहरी अनुसन्धानबाट खुलेको

उक्त कम्पनीबाट कुनै पनि आर्थिक कारोबार कानुन बमोजिम नगरिएको साथै अभिलेखीकरण पनि नभएको, भारतकोराँचीस्थित हेड अफिसमा मेन सरभर राखेरक्वीक कल क्लाइन्ट सफट्वेयरमार्फत काम गर्ने गरिएको, सफ्टवेयरमार्फतटार्गेटव्यक्तिको पहिचान गरी उसको सम्पूर्ण विवरण सफ्टवेयरमार्फत नै भारत पठाउने गरिएको प्रारम्भिकअनुसन्धानबाट खुलेको

प्रहरीले उक्त कार्यालयबाट ल्यापटप वटा, राउटर वटा, मोबाइल १३ वटा, हार्डडिस्क , बेव क्यामेरा , मेडीएसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प थान लगायत सामान बरामद गरेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय