सिन्धुपाल्चोक सुन वृद्धभत्ताको लोभमा वृद्धाको हत्या गर्ने एक जनालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको

बाह्रबिसे नगरपालिका खनियावासकी ७१ वर्षीया रत्नकुमारी थापाको हत्या आरोपमा प्रहरीले सोही स्थानका फुनेभनिने सञ्जीव देउजालाई पक्राउ गरेको हो

१८ साउनमा वृद्धाको हत्या गरेको देउजालाई घटनाको तीन दिनभित्र पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयसिन्धुपाल्चोकले जनाएको

रत्नकुमारी जस्तापाताले छाएको कच्ची घरमा एक्लै बस्दै आएकी थिइन्। उनका छोरा वैदेशिक रोजगारीमा छन् भनेबुहारी नातिनातिना काठमाडौं बस्छन्।

केही दिनअघि रत्नकुमारीलाई छोरी स्वस्थानी बस्नेतले ५० हजार रुपैयाँ दिएकी थिइन्। घटनाको दुई दिनअघि वृद्धालेवडाबाट १२ हजार सामाजिक सुरक्षा भत्ताबापतको रकमसमेत बुझेकी थिइन्।

वृद्धा रत्नकुमारीसँग पैसा सुनको गहना भएको थाहा पाएका देउजाले दुई दिनदेखि वृद्धाको सुन पैसा लुट्ने योजनाबनाएको प्रहरी अनु सन्धानबाट खुलेको

रातभर अविरल वर्षामा भिजेर रत्नकुमारीको घरनजिकै ढुकेर बसेका देउजाले १८ गते बिहान बजेतिर हत्या गरेकोप्रहरीले जनाएको छ।

ओछ्यानबाट बाहिर निस्केको मौका छोपेर घाँटी थिचेर हत्या गरी शवको दुवै हात बाँधेर घरभित्र खुला भुइँमा लडाएरबाह्रबिसेतर्फ भागेका थिए।

हत्यापछि वृद्धाबाट लुटेर लगेको ६२ हजार रकम, सुनको बुलाकी, कानमा लगाएको आधा तोलाको रिङ घाँटीमालगाएको तिलहरी सञ्जीवले विभिन्न व्यक्तिलाई दिएको बयान दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय