
लागु औषध ब्राउन सुगर सहित इप्रका रानी र ला.औ. ब्युरो बिराटनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले बिराटनगर १७ मटेरुवा बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनिहरूको साथ बाट ३.५८ ग्राम लागु औषध ब्राउन सुगर र बा९८ प ४६ नम्बरको एक मोटरसाईकल बरामद गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा न.पा.३ बस्ने बर्ष ३२ को मनोज कटुवाल र सोही मो.सा. मा पछाडी सवार बर्ष ३२ कोअम्बिर यक्सो लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । लागु औषध ब्राउन सुगर ओसार पसार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।
उनीहरुको साथबाट ३.५८ ग्राम ब्राउन सुगर पक्राउ गरिएको र दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको कार्यालय प्रमुख थापाले बताए। पक्राउ परेका दुबै जनामाथि लागु औषध सम्बन्धी थप अनुशन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।




