काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा सुरक्षा जाँचका क्रममा लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा २६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मङ्गलबार र बुधबार गरिएको कारबाहीमा काठमाडौंका १०, सुनसरीका ७, झापा र बाराका गरी ६, इलामका १, तनहुँका २ तथा दाङका १ जना पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा र ट्रामाडोल ट्याब्लेटलगायतका प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ। उनीहरूमध्ये केहीको साथबाट नगदसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय