मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–६ मा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनका ५५ वर्षीय ससुरा पक्राउ परेका छन्। त्यस्तै, घटनापछि पीडित किशोरीलाई कुटपिट गरी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा उनका २३ वर्षीय श्रीमान् पनि प्रहरी नियन्त्रणमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति घरमै ससुराले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल उनलाई पक्राउ गरेको थियो। उनीविरुद्ध मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

यसैबीच, घटनालाई लिएर किशोरीका श्रीमान्ले आफ्नी आमाको उपस्थितिमा पीडितमाथि सोधपुछ गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त भिडियो विभिन्न माध्यमबाट फैलिएको विषयमा अनुसन्धान गर्दै प्रहरीले श्रीमान्लाई समेत पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीमाथि विद्युतीय अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले महिला तथा बालबालिकालगायत कमजोर वर्गमाथि हुने हिंसा र आपराधिक गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाउँदै दोषीमाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय