काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४ नख्खु दोबाटो क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको मिनी कन्टेनर गाडी रोकी जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको हो।

गाडीमा सवार तीन जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भोजपुर जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३१ वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० चापागाउँका ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट विभिन्न दरका नेपाली नोट गरी १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ, महेन्द्र कम्पनीको मिनी कन्टेनर गाडी एक थान र विभिन्न कम्पनीका मोबाइल तीन थान बरामद गरेको छ।

बरामद रकमको स्रोत नखुलेपछि तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय