काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्री वस्त्र (अन्डरवेयर) भित्र लुकाएर ल्याइएको ६३५.९६ ग्राम अर्धठोस सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ४२ वर्षीय चिनियाँ नागरिक झाङ गिउक्वीन रहेका छन्।

विमानस्थलमा उनको गतिविधि शंकास्पद देखिएपछि विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले निगरानी बढाएर चेकजाँच गरेको थियो। सोही क्रममा उनले अन्डरवेयरभित्र लुकाएर राखेका दुई डल्लामा रहेको ६३५.९६ ग्राम अर्धठोस सुन फेला परेको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) डुण्डिराज नेउपानेका अनुसार सुन बरामद भएपछि झाङलाई पक्राउ गरिएको हो।

पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय