
काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी २९ वर्षीय जोनाम लामा रहेका छन्।

प्रहरीका अनुसार २०८३ कात्तिक ८ गते बिहान करिब ७:३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोइन्टमा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश १–०२–००२ ख १२८२ नम्बरको बस जाँच गर्ने क्रममा लामाको साथबाट उक्त पदार्थ फेला परेको हो।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्लास्टिकसहित १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।





