
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा अनुपम फुड ल्यान्डका सञ्चालक कृष्ण पौडेल पक्राउ परेका छन्।
प्रहरी उच्च स्रोतका अनुसार पौडेललाई भारतको नयाँदिल्लीबाट पक्राउ गरी नेपाल ल्याइएको हो।

यद्यपि, उनलाई कुन घटना वा आरोपमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
पौडेल पक्राउ पर्नुको कारण र घटनाबारे थप विवरण प्रहरीले अनुसन्धानपछि सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।





