भैरहवा । रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले २०८३ साल भदौ महिनाका लागि ‘उत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ ।

विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोमा के.सी. भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको हो ।

विमानस्थलको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आफूलाई सुम्पिएको जिम्मेवारी इमानदारी, लगनशीलता र उच्च कर्तव्यनिष्ठाका साथ सम्पादन गरेको कदरस्वरूप के.सी.लाई उत्कृष्ट प्रहरी छनोट गरिएको सुरक्षा कार्यालयले जनाएको छ ।

उत्कृष्ट प्रहरी घोषित के.सी.लाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राकेश सिंहले एक समारोहबीच प्रशंसापत्रसहित पुरस्कार प्रदान गर्नुभयो ।

पुरस्कार प्रदान गर्दै एसएसपी सिंहले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई गरिने यस्ता सम्मानले प्रहरी कर्मचारीहरूको कार्यसम्पादनमा थप हौसला, ऊर्जा र जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय