बागलुङ । प्रहरीले बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार अपराह्न जंगलमा लुकाइराखिएको अवस्थामा एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो।

यसैगरी, बुर्तिबाङमा लागुऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा खटिएको प्रहरी टोलीले ढोरपाटन नगरपालिका–१ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा छापा मारेको छ।

छापा क्रममा प्रहरीले होटल सञ्चालक म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङकी रामकुमारी थापालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार होटलबाट १ किलो ५ सय ग्राम गाँजा र ३ सय ८० ग्राम चरेस बरामद गरिएको छ।

पक्राउ परेकी थापालाई जिल्ला अदालत बागलुङबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय