पोखरा । कास्की प्रहरीले पोखराको पृथ्वीचोकबाट १४.२८ ग्राम ब्राउनसुगर (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले धादिङको बेनिघाट गाउँपालिका–३, मलेखु बस्ने ३७ वर्षीय किसान भनिने दलबहादुर ठकुरीलाई पक्राउ गरेको हो।

मंगलबार बिहान करिब ९ः३० बजे पक्राउ गरिएका ठकुरीको साथबाट डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकबाहेक १४.२८ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद ३० हजार रुपैयाँ र दुई थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ठकुरीलाई लागूऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय