पर्सा, २१ भदौ। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–४, तुलसी बर्वा निवासी ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो करिब १ बजे आफ्नै घरबाट पक्राउ गरेको हो।

अखिलेशविरुद्ध नेपाल सरकार वादी रहेको जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतले १० वर्ष कैद सजाय तोकेको थियो। उक्त मुद्दामा उनी लामो समयदेखि फरार रहेका थिए।

पक्राउ परेका साहलाई आवश्यक कानुनी कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय