पर्सा । मानव बेचबिखनसम्बन्धी कसुरमा मुद्दा दर्ता भई १९ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविक सखुवाप्रसौनी गाउँपालिका–४ का कादिर अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

अन्सारीविरुद्ध मानव बेचबिखनसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका अन्सारीमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय