काठमाडौं — लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) को टोलीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ।

वीरगञ्जबाट ट्रान्सपोर्टमार्फत अगरबत्ती भन्दै ट्रामाडोल ल्याई काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा ब्यूरोको कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८३ भदौ ११ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोका बाट ट्रामाडोल ६७ हजार क्याप्सुलसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का २१ वर्षीय दीपक राना मगर, सर्लाहीको लालबन्दी नगरपालिका–१४ का २९ वर्षीय विक्रम घिसिङ र पर्साको वीरगञ्ज महानगरपालिका–२४ का १९ वर्षीय रक्की कुमार पटेल रहेका छन्।

बरामद सामग्री

  • ट्रामाडोल — ६७,००० क्याप्सुल
  • मोबाइल — ३ थान

पक्राउ परेकाहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय