
कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गजरौलाबाट प्रहरीले १३ किलो ९०५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिपलाई रोकेर चेकजाँच गर्ने क्रममा चरेस बरामद भएको प्रहरीले जनाएको छ।

जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकले प्याक गरी लुकाएर राखिएको अवस्थामा लागुऔषध फेला परेको थियो।
प्रहरीले जिप चालक बझाङको बुंगल नगरपालिका–१ का २२ वर्षीय कलक धामी र जिपमा सवार केदारस्युँ गाउँपालिका–७ का ५० वर्षीय करन धामीलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





