तेह्रथुम । ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा तेह्रथुममा एक पुरुष पक्राउ परेका छन्।

छथर गाउँपालिका–२ मा भदौ ९ गते घरमा सुतिरहेकी महिलामाथि सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय वसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय