सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ।

 

आगलागीको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। प्रारम्भिक जानकारीअनुसार कार्यालयका महत्त्वपूर्ण कागजात तथा स्रेस्ता राखिएको कोठामा समेत आगलागी भएको स्थानीयले बताएका छन्।

 

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दका अनुसार आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन। टेलिफोन सम्पर्कमा समस्या भएकाले घटनाको विस्तृत विवरण संकलनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

 

आगलागीको कारणसमेत खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय