तनहुँ । व्यास नगरपालिका–१२ छिर्कनेमा पहिरो खस्दा पृथ्वीराजमार्गको यातायात प्रभावित भएको छ।

 

आइतबार साँझ सडकमा पहिरो खसेपछि राजमार्गको एक लेन अवरुद्ध भएको हो। एकतर्फी रूपमा सवारी सञ्चालन भइरहे पनि पहिरोका कारण आवतजावतमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

 

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली परिचालन गरिएको छ।

 

प्रहरी टोलीले पहिरो हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। सडकमा सवारी चाप र जोखिम रहेकाले चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय