
काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित तथा अन्तिम छनोट प्रक्रियाअन्तर्गतको नतिजा सार्वजनिक भएको छ ।
लोकसेवा आयोगले शनिबार २९ जना प्रहरी निरीक्षकको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार विकास सिलवाल पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् ।

सिलवालले काठमाडौंको नयाँ बानेश्वरस्थित कृस्टल इन्स्टिच्युट नेपालमा प्रहरी निरीक्षकको तयारी गरेका थिए ।
कृस्टल इन्स्टिच्युट नेपालबाट तयारी गरेका २९ जनामध्ये १८ जना विद्यार्थी प्रहरी निरीक्षकमा उत्तीर्ण हुन सफल भएको संस्थाकी व्यवस्थापक मञ्जु भट्टले जानकारी दिइन् ।
उनका अनुसार संस्थाबाट १८ जना विद्यार्थीले नाम निकाल्नु कुल सफल उम्मेदवारको करिब ६० प्रतिशत हो । यसलाई संस्थाले आफ्नो तयारी कक्षाको प्रभावकारिताको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
प्रहरी निरीक्षक पदमा सफल भएका उम्मेदवारलाई बधाई दिँदै व्यवस्थापक भट्टले आगामी दिनमा पनि प्रहरी सेवामा प्रवेश गर्न चाहने युवालाई गुणस्तरीय तयारीका लागि सहयोग गर्ने बताइन् ।




