काठमाडौँ । फेसबुकमार्फत नाबालिकासँग साथी बनेर प्रलोभनमा पारेको, त्यसपछि अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गरेको तथा रकम मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार घटनाबारे परेको निवेदनपछि नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक विश्लेषणसहित अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा आरोपमा संलग्न रहेको खुलेपछि ब्यूरोको टोलीले कटुवाललाई २०८३ भदौ ३ गते पक्राउ गरेको हो।

पक्राउ परेका कटुवालविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रहरी उपरीक्षक दिलीपकुमार गिरी अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय