काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै बेरोजगार युवायुवतीबाट रकम असुली ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

 

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० बस्ने ३२ वर्षीया राधिका खपाङ्गी रहेकी छन्।

 

प्रहरीका अनुसार खपाङ्गीले टर्की पठाइदिने भन्दै एक पीडितबाट ४ लाख ५० हजार रुपैयाँ लिएकी थिइन्। लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए।

 

जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले खपाङ्गीलाई भदौ २ गते बुढानीलकण्ठ–१०, कपनबाट पक्राउ गरेको हो।

 

पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय