काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सिङ्गो रूपमा सरकारको पक्षमा उभिएको बताएका छन्।

 

बुधबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई ‘एक्लो’ महसुस गरेको भन्ने अभिव्यक्तिलाई गलत अर्थमा नबुझ्न आग्रह गरे।

 

उनले शाह कलाकार तथा कवि भएकाले उनका अभिव्यक्तिलाई सोही सन्दर्भमा बुझ्नुपर्ने बताए। “यत्रो भिडमा पनि आज मैले एक्लो महसुस गर्न सक्दिनँ त, सक्छु नि,” उनले भने, “हरेक शब्दको अर्थ खोज्दै जाने हो भने कतै पुगिँदैन।”

 

लामिछानेले रास्वपा सरकारसँगै रहेको स्पष्ट पार्दै प्रधानमन्त्री शाह एक्लो नरहेको दाबी गरे। “सिङ्गो पार्टी उहाँसँगै उभिएको छ, कहाँ हुनुहुन्छ उहाँ एक्लो ?” उनले प्रश्न गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय