
३ भदौ, काठमाडौं । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्रेम विसुंखे रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विसुंखेले मंगलबार आफ्नै घरमा रहेकी महिलामाथि जबरजस्ती करणी गरी घटनापछि फरार भएका थिए।
मजदुरी गर्दै आएका विसुंखे घटनापछि लुकिछिपी बस्दै आएका थिए। प्रहरीले उनलाई बुधबार रामेछापको तिलबारीस्थित कोही नबस्ने घरबाट पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




