काठमाडौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई अत्यावश्यकबाहेक बिदा नलिन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले किरिया बिदा र प्रसूति बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न भन्दै सर्कुलर जारी गरेको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले बिदामा अस्थायी रूपमा रोक लगाइएको पुष्टि गरेका छन्। उनले भने, “हाल सुरक्षा चुनौती देखिएका क्षेत्रमा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई केन्द्रित गरिएको छ। जनधनको क्षति हुन नदिने गरी सुरक्षा व्यवस्था सुदृढ पारिएको छ।”

प्रवक्ता काफ्लेका अनुसार भीड व्यवस्थापनका क्रममा अश्रुग्यास, लाठीचार्जलगायत न्यूनतम बल प्रयोग गर्ने नीति अपनाइएको छ। साथै, समुदायसँग सहकार्य, स्थानीय अगुवा तथा जनप्रतिनिधिसँग निरन्तर संवाद र समन्वयलाई प्राथमिकता दिइएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय