
काठमाडौँ — बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार रहँदै आएका चर्चित व्यवसायी एवं शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को विशेष टोलीले उनलाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्बेदीका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतबाट फरार सूचीमा रहेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेस गर्ने तयारी भइरहेको छ।




