
चितवन । चितवनको कालिका नगरपालिका–६ हरिहर टोलस्थित भण्डारी चोकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरी चौकी जुटपानी र प्रहरी चौकी खोलेसिमलबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोही स्थानका २७ वर्षीय दिवस न्यौपाने लाई पक्राउ गरेको हो।

प्रहरीले न्यौपानेले गोठभित्र लुकाइछिपाइ राखेको अवस्थामा ट्रामाडोल ६ हजार ८० क्याप्सुल र एनआरगन ४ हजार २ सय क्याप्सुल बरामद गरेको जनाएको छ।
पक्राउ परेका न्यौपानेमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



