कैलाली, वैशाख १६ — कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरिया र अस्थायी प्रहरी पोस्ट ओलानीबाट खटिएको संयुक्त टोलीले जिल्ला अदालत कैलालीको लगत नम्बर ५०३ अनुसार लामो समयदेखि फरार रहेका कैलालीको गोदावरी नगरपालिका–११ ओलानी निवासी ५९ वर्षीय काले कामीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मिति २०५६ साल असार ११ गते भएको कर्तव्य ज्यान सम्बन्धी घटनापछि फरार रहेका उनलाई आज दिउँसो करिब १ बजे गोदावरी नगरपालिका–११ स्थित गौडी बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका कामी लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका थिए भन्ने खुलेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत कैलाली पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय