काठमाडौँ — “सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज छैटौँ दिन सडक दुर्घटनामा दिवंगत भएका व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम माईतिघर मण्डलामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीज्यूको उपस्थितिमा सम्पन्न भएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतका विभिन्न कार्यालयहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा समेत एकैसाथ दीप प्रज्वलन गरी सडक दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममार्फत सडक दुर्घटनाको पीडा र त्यसबाट हुने मानवीय क्षतिप्रति सबैलाई सचेत गराउँदै सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना तथा नागरिकको जीवन सुरक्षाप्रति जिम्मेवार बन्न आह्वान गरिएको छ। ट्राफिक सप्ताहले दुर्घटना न्यूनीकरणमा दीर्घकालीन प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय