काठमाडौँ । नेपाल प्रहरीले नक्कली सुनलाई सक्कली सुन भन्दै पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५, थलीबाट सुनजस्तो देखिने धातुको डल्लो देखाएर रकम ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ (विवासित स्याङ्ताङ) र नवलपरासी देवचुली नगरपालिका–का ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नक्कली सुनलाई सक्कली सुन भनी विश्वास दिलाएर रकम ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय