काठमाडौं — लाओसबाट थाइल्यान्ड हुँदै काठमाडौं आएकी मिस रुसनी कामाको पेटभित्रबाट प्रहरीले ५५० ग्राम कोकिन बरामद गरेको छ। उनी ८ पुसमा सिनामंगलको एक होटलमा बसेकी थिइन्।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका एसपी जनक शाहीका अनुसार, महिलाको साथबाट १२ वटा प्लाष्टिक क्याप्सुलमा लुकाइएको कोकिन बरामद गरिएको थियो। शंका लागेपछि उनलाई थप जाँचका लागि प्रहरी अस्पताल महाराजगन्ज लगिएको थियो। डाक्टरको सहयोगमा महिलाको पेटभित्र निलेका २९ वटा कोकिन क्याप्सुल सुरक्षित रूपमा निकालिएको छ।

पछिल्लो समय काठमाडौं र सीमापारीका मार्गहरूमा लागुऔषध कारोबार गर्ने टोलिहरू अत्यन्तै सक्रिय भएका छन्। प्रहरीका अनुसार, अन्तर्राष्ट्रिय सञ्जालसँग जोडिएका गिरोहहरूले कोकिन, हेरोइन र अन्य नशालु पदार्थको तस्करी तीव्र बनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय