बॅाके— जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हाल्ने वित्तिकै एसपी अंगुर जिसीले सुरु गरेको कडा लागुऔषध नियन्त्रण अभियानले उल्लेखनीय सफलता हात पारेको छ। असोजदेखि हालसम्म ६० जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ परेका हुन्।

नेपालगञ्जका चार वटा होटलमा प्रहरीले छापा मार्दा बेश्यावृत्तिमा संलग्न रहेको आरोपमा ४५ जना पक्राउ परेका छन्।

एसपी जिसीका अनुसार लागुऔषध सम्बन्धी ४० वटा मुद्दा दर्ता भइसकेका छन्। “अभियान सुरु गरेपछि प्रयोगकर्ता र कारोबारीहरू निरन्तर पक्राउ परिरहेका छन्,” उनले बताए।

बाँके प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसपी जिसीले मातहतका सभी प्रहरी कार्यालयलाई कडाइका साथ नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। बढ्दै गएको लागुऔषध कारोबार र दुव्र्यसन नियन्त्रणका लागि जस्तोसुकै कदम चाल्न उनले टोलीलाई स्पष्ट निर्देशन दिएको एक प्रहरी अधिकृत बताउँछन्।

अधिकृतहरूका अनुसार एसपी जिसीको कार्यशैली, कठोरता र जिम्मेवारीबोधले बाँकेमा नयाँ लय, नयाँ अनुशासन र नयाँ कार्यगत ऊर्जा भित्रिएको छ। उनको नेतृत्वमा सुरु भएको अपराध नियन्त्रण अभियान अब केवल प्रहरीका लागि मात्र होइन, अपराधमुक्त समाज चाहने सम्पूर्ण नागरिकका लागि आशा र विश्वासको नयाँ आधार बन्न थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय