काठमाडौँ। सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले संघीय तहका प्रमुख निकायका सचिवहरूको अदली–बदली गर्ने निर्णय गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ।

त्यस्तै, कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ।

मधेश प्रदेशका सचिव मदन भुजेललाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा स्थानान्तरण गरिएको छ।

यस्तै, सो मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयमा सरुवा गरी रक्षा सचिवको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय