
सर्लाही । झूटा विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र दिलाउन सिफारिस गरेको आरोपमा सर्लाही पर्सा गाउँपालिका–४ का वडा अध्यक्ष सुवोध राय यादव पक्राउ परेका छन्।
चार जना व्यक्तिले झूटा वतन र विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नागरिकता लिएको वा लिन खोजेको विषयमा अनुसन्धानको क्रममा वडा अध्यक्ष यादवको संलग्नता देखिएको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीको च. नं. ११२९१ मिति २०८१ असार ३ गतेको पत्रका आधारमा सो प्रकरणमा कसूर दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो।

यसै क्रममा वडा अध्यक्ष यादवलाई मिति २०८२ असोज ५ गते पक्राउ गरिएको हो। उनीविरुद्ध आवश्यक अनुसन्धानका लागि सम्मानित सर्लाही जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।



