
काठमाडौं — जेनजी प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन भने कुन कसुरमा मुद्दा चलाइने भन्नेबारे पनि केही जानकारी दिएको छैन।

भदौ २४ गते ती प्रदर्शनकारीले एसपी ओलियाको फुलीसहितको बर्दी लगाएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो।



