सुरक्षा सरोकार — हालैको आन्दोलन तथा अराजक गतिविधिका क्रममा ड्युटीमा खटिँदै गर्दा जनआक्रोशको निशानामा परेर सहादत प्राप्त गरेका नेपाल प्रहरीका तीन जना शूरवीरलाई शहीद घोषणा गर्न माग गरिएको छ।

अमेरिकामा बस्दै नेपालको सुरक्षा निकायका गतिविधिलाई नजिकबाट नियाल्दै आउनु भएका राधाकृष्ण देउजाले कानुनविद् एवम् हालको सरकारमा गृह तथा कानुन मन्त्री नियुक्त भएका ओमप्रकाश अर्याललाई शुभकामना दिँदै, सहादत पाएका प्रहरीहरूलाई तत्काल शहीद घोषणा गर्नुपर्नेमा जोड दिनुभएको छ। साथै, शहीद परिवारले पाउने सम्मान, अधिकार र राहत उपलब्ध गराउन पनि उहाँले आग्रह गर्नुभएको छ।

सहादत प्राप्त गर्ने प्रहरीहरू प्रहरी सहायक हवल्दार अमृत गुरुङ — कोटेश्वर प्रभाग, जिल्ला कास्की रुपा गाउँपालिका , प्रहरी जवान उत्तम थापा — महाराजगञ्ज वृत्त, जिल्ला दार्चुला, लेकम गाउँपालिका–३ र प्रहरी स.नि. मिलन राय — महाराजगञ्ज वृत्त, जिल्ला सिन्धुली, दुधौली नगरपालिका–८ रहेका छन् ।

शहीद घोषणा मात्र नभई उनीहरूको परिवारलाई आवश्यक राहत, सम्मान र अधिकार सुनिश्चित गर्नुपर्ने आवाज बलियो रूपमा उठिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर