
२८ भाद्र २०८२— नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पिएसओका रूपमा डिएसपी निशान थापा खटिएका छन्। प्रहरी प्रधान कार्यालयले डिएसपी थापाको नेतृत्वमा विशेष सुरक्षा टोली तोकेको हो।
यसअघि डिएसपी थापा प्रहरी एकेडेमीमा कार्यरत रहेका थिए। उता, शपथग्रहणपछि प्रधानमन्त्री कार्की बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेकी छिन्।




