काठमाडौँ । मिर्गौला तस्करीका मास्टरमाइन्ड मानिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई शनिबार नियन्त्रणमा लिएको हो ।

ब्युरोका वरिष्ठ प्रहरी अधिकृतहरूको टोली भारतसम्म पुगेर तस्करीका मास्टरमाइन्ड र अर्का एक व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याएको बताइएको छ । तर प्रहरीले भने उनीहरूलाई नेपाल–भारत सीमाको गड्का चौकी नाकाबाट नियन्त्रणमा लिएको दाबी गरेको छ ।

पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छैन । यद्यपि प्रारम्भिक अनुसन्धानमा उनले ५० जनाभन्दा बढीको मिर्गौला तस्करीमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । यसबारे विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

केही समयअघि पोखराबाट एक व्यक्तिलाई अपहरण गरी भारत पुराएर मिर्गौला तस्करी गरिएको घटना सार्वजनिक भएको थियो । सोही घटनाको अनुसन्धानक्रममै ‘किड्नी किङ’ भनिने मास्टरमाइन्डसम्म प्रहरी पुग्न सफल भएको हो ।

मानव अंग तस्करी नियन्त्रणमा यो अपरेसन महत्त्वपूर्ण उपलब्धि हुने र मुख्य नाइके पक्राउ परेसँगै संलग्न अन्य व्यक्तिहरुको नाम पनि बाहिर आउने अपेक्षा गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय