
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गोप्य सूचनाको आधारमा अनलाइन बेटिङ सञ्चालन भइरहेको ठानिएको घरमा छापा मार्दा पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–४, पासिकोट गौरीपाखास्थित एक घरमा शुक्रबार दिउँसो गरिएको छापामा अनलाइनमार्फत बेटिङ खेल सञ्चालन भइरहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरू: मोनिक तामाङ ,सरोज लोकान्द्री, अजय लामा , उशन लामा र अर्लोक धामी रहेका छन् ।
उनिहरूको लाथबाट ७ थान मोबाइल सेट, ५ थान कम्प्युटर मोनिटर , २ थान CPU र १ थान ल्यापटप बरामद गरिएको छ ।
काठमाडौं परिसरका प्रहरी निरीक्षक सत्रुधन महतोको कमाण्डमा भएको उक्त अपरेशनमा बरामद सामग्रीसहित पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिएका छन् ।



