काठमाण्डौं—नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) कृष्ण हरि शर्माले अवकाश पाएका छन् । प्रहरी महानिरीक्षक (आइजिपी) दिपक थापाले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच उनको बिदाइ गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै आइजिपी थापाले एआइजी शर्माले संगठनबाट पाएका जिम्मेवारी उच्च व्यावसायिकता, निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गर्दै प्रशंसा गरे । सो अवसरमा थापाले शर्मालाई मायाको चिनो प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा सेवा निवृत्त हुन लागेका एआइजी शर्माले आफ्नो ३० वर्षभन्दा बढीको प्रहरी सेवायात्राका अनुभवहरू साझा गर्दै संगठनप्रति कृतज्ञता प्रकट गरेका थिए ।

शर्मा २७ कात्तिक २०५२ मा नेपाल प्रहरीमा भर्ना भएका थिए । ५६ वर्षे उमेरहद पूरा गरेपछि शनिबारदेखि उनी अनिवार्य अवकाश पाउन लागेका हुन् । यस्तै, उनको ब्याचकै चन्द्रकुबेर खापुङलाई शुक्रबार सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय