
काठमाडौं — काठमाडौं महानगरपालिका–१५, अन्नपूर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४५ वर्षीय राजु नापितसमेत रहेका छन्।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार १४५ रुपैयाँ र १० बुक ताससहित नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाण्डौंका सूचना अधिकारी एसपी अपिलराज बोहराले जानकारी दिनुभयो।




