
काठमाडौं । दैलेखका अमन (नाम परिवर्तन) १८ बर्ष भयो प्रहरी सेवामा प्रवेश गरेको । सहायक हवल्दार हुन उनले१७ वर्ष कुर्नपर्यो । जुन सहायक हवल्दार पद ३ वर्षअघि मात्र सिर्जना गरिएको थियो ।
उनी जवान हुँदा रिटायर्ड प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर प्रहरी नायब उपरीक्षक (डिएसपी) थिए । २०६३ भदौमा कुँवर डिएसपी हुँदा अमन भर्खरै प्रहरी सेवामा प्रवेश गरेका थिए ।

तर कुँवर आईजीपी भएर रिटायर्ड हुँदा पनि अमन भने अहिले सहायक हवल्दार भएका छन् । यदी बीचमा सहायकहवल्दार पद सिर्जना हुँदैनथ्यो भने उनी जवानमै हुन्थे । यसरी तल्लो दर्जाका प्रहरीमा बढुवा जाम हुँदा निराशउत्पन्न भएको छ ।
अमन एक पात्र मात्र हुन् । प्रहरी संगठनमा यस्तो भद्रगोल थुप्रै छ । हालका आईजीपी दिपक थापा तल्लो दर्जाकाप्रहरीका समस्याहरुलाई समाधान गर्नुपर्ने बताउँदै आएका छन् । तर, सकिरहेका छैनन् ।
लामो समयसम्म एउटै पदमा बसेर काम गर्दा काम गर्ने जोस, जाँगरसमेत नभएको तल्लो दर्जाका एक प्रहरीकर्मचारी बताउँछन् । उनी भन्छन्, ‘एउटा क्यालेन्डर बनाएर बढुवा तथा सरुवा निकालिँदैन् नि तबसम्म तल्लो दर्जापीडामै नै रहनेछ ।’
०६३ मा प्रहरी जवानमा नियुक्त भएका उनीहरु बढीमा प्रहरी सहायक निरीक्षक (असई) हुने देखिन्छ । कतिपय तबरिष्ठ हवल्दारबाट नै अनिवार्य अवकाशमा जान पनि सक्छन् । यसरी जुनियर अफिसरको अनुभव समेत गर्ननपाउँदै उनीहरु रिटार्यड हुने अवस्था छ ।
अहिलेको अवस्थामा सिपाहीमै भर्ना हुन पनि ‘प्लस टू’ पास गरेका हुन्छन् । तर, बिडम्बना यस्तो भयो कि ‘प्लस टू’ पास भएर सिपाहीमा छिरेको मान्छे जुनियर अफिसर नभई रिटार्यड हुँदा कस्को चाँहि प्रहरीप्रति आकर्षण बढ्ला ?
प्रहरीमा नियुक्त हुँदा तालिमको अवस्थादेखि रिटार्यडसम्म उनीहरुको अवस्था एउटै रहँदा तल्लो दर्जाका प्रहरीकर्मचारीहरु निराश मात्र होइनन्, पछिल्लो समय धमाधम जागिर दिँदै पनि आएका छन् । यसका लागि राज्यकोध्यान पुग्न जरुरी छ ।
सिपाहीमा जागिर खाएको व्यक्तिले कमसेकम जुनियर अफिसरको अनुभव गर्न मात्र पायो भने पनि राम्रो देखिनेअवकाशप्राप्त एक पूर्वआईजीपी बताउँछन् । उनी भन्छन्, ‘यसको लागि राज्यको ध्यान पुग्नैपर्छ । सँगै प्रहरीनेतृत्वले समेत चासो दिनपर्छ ।’
अझ अर्को समस्या नियुक्ति हुँदादेखि नै ती सिपाहीको खाने मेस, बस्ने ब्यारेक र शौचालय नै छुट्टै हुन्छ । अझैं पनिथाल बोकेर भान्सेसँग भात माग्नुपर्ने अवस्था छ । यस्तो विकराल समस्या हुँदाहुँदै पनि किन कसैको ध्यान पुग्नसक्दैन ?
(स्कुप खबरबाट …)



