काठमाडौं — गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा छवि रिजाललाई नियुक्त गरेको छ। रिजाल हालसम्म गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए।

काठमाडौंमा कार्यरत सिडिओ ऋषिराम तिवारीलाई सात महिनामै जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ। यसैगरी, गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा सहसचिव जयनारायण आचार्यलाई जिम्मेवारी तोकिएको छ।

गृह मन्त्रालयले बुधबार मात्रै १२ वटा पहाडी तथा हिमाली जिल्लाका सिडिओको पनि सरुवा गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय