काठमाडौँ । काठमाडौंको कालोपुल क्षेत्रबाट अवैध विदेशी मुद्रा कारोबार तथा हुण्डी कार्यमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक रहेका छन्।

पक्राउ पर्नेमा भारत विहार प्रदेशको सितामडी बैरगनिया निवासी ३३ वर्षीय विक्रम जयसवाल, मोतीहारी चिरहिया निवासी ३३ वर्षीय मुन्ना जयसवाल, नेपालको बाराको महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओम प्रकाश जयसवाल र महागढीमाई नगरपालिका–५ का २५ वर्षीय मनमोहन कुमार सिंह रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार साउन २९ गते दिउँसो काठमाडौं महानगरपालिका–५ कालोपुल नजिक डेराबाट हुण्डी कारोबार भइरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट १५ लाख ३३ हजार रुपैयाँ नगद र विभिन्न कम्पनीका पाँच वटा मोबाइल फोन बरामद गरिएको छ।

अनुसन्धानको क्रममा उनीहरूले ६ करोड ६ लाख ६३ हजार ६३६ रुपैयाँ बराबरको क्रिप्टो करेंसी कारोबार गरेको तथ्य पनि खुलेको बोहराले जानकारी दिए। पक्राउ परेकाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय