जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक कार्यालय भवनको शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको छ। सो अवसरमा उहाँले भवनको अवलोकन समेत गर्नुभयो।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले समाजमा शान्ति–सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानका साथै जनतालाई प्रारम्भिक सेवा र न्याय उपलब्ध गराउन प्रहरीले निर्वाह गर्दै आएको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो।

नेपाल सरकारको उद्देश्य प्राप्त गर्न सबै सरोकारवाला निकायहरूले नयाँ सोच, नयाँ तरिका र दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो। साथै, आफूलाई ठूलो दर्जाको व्यक्ति भन्दा पनि जनताको सेवकको भावनाका साथ काम गर्न उपस्थित सबैलाई उहाँले आग्रह गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय