काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी २०८१ माघ १५ गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको रूपमा कार्यरत छन्। मुलुकको राजधानीमा अपराध नियन्त्रण र अपराधीसम्म छिट्टै पुग्न उनले नयाँ ढङ्गको सूचना संकलन प्रणाली लागू गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले मोटरसाइकल वर्कशपका सञ्चालक र मिस्त्रीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी अपराधसम्बन्धी सूचना संकलन गर्ने अभ्यास सुरु गरेको जानकारी दिए। उनका अनुसार, पदभार सम्हालेपछि ६५० जना वर्कशप सञ्चालक र मिस्त्रीहरूसँग भेटघाट गर्दै अपराधमा प्रयोग भएका सवारी साधनबारे सूचनाको आदान–प्रदान भएको छ।

अधिकारीले वर्कशपमा काम गर्नेहरूको ह्वाट्सएप ग्रुपसमेत गठन गरिएको उल्लेख गर्दै भने, “अपराधमा प्रयोग भएको मोटरसाइकल वा स्कुटर कहाँ छ भन्ने तत्काल जानकारी आउने संयन्त्र हामीले बनाएका छौँ।” यसका साथै, मोबाइल पसल सञ्चालक र राइड–सेयरिङ कम्पनीहरूसँग पनि अन्तरक्रिया गरी अपराधमा संलग्नहरूको पहिचानमा सहयोग लिने गरिएको छ।

आर्थिक वर्ष २०८१–०८२ मा काठमाडौँमा १२ हजार ९१५ मुद्दा दर्ता भएका छन्। तीमध्ये ८ हजार ५२० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। सबैभन्दा धेरै मुद्दा महाराजगञ्ज वृत्तमा दर्ता भएका छन्।

गत वर्ष काठमाडौँमा सबैभन्दा बढी बैंकिङ कसुरका ६ हजार ५५३ मुद्दा दर्ता भएका छन्। त्यसपछि अभद्र व्यवहारसम्बन्धी १ हजार ९५३ मुद्दा रहेका एसएसपी अधिकारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय